दुर्गा प्रसाईं अस्पताल भर्ना

काठमाडौँ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन्। उनलाई वीर अस्पतालमा भर्ना गरिएको साइबर ब्यूरोले जनाएको छ । आइतबार नै काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमला पौडेलको इजलासले प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश दिएको थियो।

क्यान्सरको बिरामी उनलाई अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएपनि उपचार समेत गर्न आदेश दिएको हो । सोही अनुसार प्रहरीले प्रसाईंलाई अस्पताल लगेको बताइएको छ ।

Source : https://newsofnepal.com/2024/11/24/679819/