नेपाली विद्यार्थीका लागि बेलायत असहज बन्दै, काम र कोठाका लागि नै सङ्घर्ष गर्नुपर्ने अवस्था
उल्भरह्याम्टन (बेलायत) – रामेछापको गेलुका उज्वल कार्की उच्च शिक्षाका लागि बेलायत उत्रिँदा मनमा कुनै उमङ्ग थिएन । बेलायत जाने भनेपछि घरपरिवार र साथीभाइबाट बधाई पाएको तर बेलायत आएपछि भने यहाँको अवस्था बुझ्दा आङ नै सिरिङ्ग भएको उहाँले बताउनुभयो । आफन्तको सहयोगमा उल्भरह्याम्टन डब्ल्यूभीथ्रीमा एउटा घरमा कोठा फेला पारेका कार्कीले बस्नकै लागि त कुनै समस्या भोग्नुपरेन तर अब उहाँलाई कसरी कलेजको पढाइ र खर्चको व्यवस्थापनका लागि काम खोज्ने हो भन्ने चिन्ता छ । कार्कीलाई सहयोग गर्ने आफन्त लक्ष्मी दुलालले विद्यार्थीलाई काम पाउन ...
Source : https://ujyaaloonline.com/story/109374/2024/11/28/uk-is-becoming-uncomfortable-for-nepali-students