पाकिस्तानले जिम्बावेलाई १० विकेटले हरायाे
काठमाण्डाै – दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानले जिम्बावेलाई १० विकेटले हराएको छ । घरेलु टोली जिम्बावेले दिएको १ सय ४६ रनको लक्ष्य पाकिस्तानले एक विकेट पनि नगुमाई एक सय ९० बलअघि नै भेटायो । पाकिस्तानका सइम अयुबले शतक बनाए । यसअघि बुलावायोको क्वीन्स स्र्पोट्स क्लबमा टस जितेर ब्याटिङ गरेको जिम्बावे ३२ ओभर ३ बलमा १ सय ४५ रनमा अलआउट भयो । जिम्बावेका डिअन मेर्सले सबैभन्दा धेरै ३३ रन बनाए । पाकिस्तानका अब्रार अहमेदले ४, सलमान अघाले ३ विकेट लिए । योसँगै तीन खेलको एकदिवसीय शृङ्खलामा १–१ को...
Source : https://ujyaaloonline.com/story/109298/2024/11/26/pakistan-defeated-zimbabwe-by-10-wickets