बलिउड कलाकार, जो खर्च गर्न रुचाउँदैनन्

मुम्बई । करोडौंको सम्पत्ति भएर पनि बलिउडका यी स्टार कलाकारहरु खर्च गर्न मन पराउँदैनन् । यी स्टारहरु मध्य केहीको त जीवनसैली निकै विलासी छ । उनहरु ब्रान्डेल कपडा लगाउँछन् । केही स्टार भने निकै सस्तो कपडा लगाउँछन् । त्यसो त यी अभिनेता अभिनेत्रीहरुले एउटा चलचित्रमा अभिनय गरेवापत करोडौं रुपैयाँ पारिश्रमिक लिन्छन् ।

तर पनि पैसा खर्चगर्ने प्रसँगमा यी कलाकारहरु निकै कंजूस मानिने गरेका छन् । यतिसम्मकी यी कलाकारहरु पर्समा पैसा समेत बोक्दैनन् । आफुहरुले खर्च गर्नु पर्दा एक–एक रुपैयाँ सोचेर खर्च गर्ने यी कलाकारहरु बताउँछन् । खर्चको मामिलामा आफु निकै कन्जुस भएको बताउने यी कलाकारहरुको यहाँ चर्चा गरिएको छ ।

शाहरुख खान
अभिनेता शाहरुख खान बलिउडका धेरै कमाउने अभिनेताको सुचीमा पर्छन । २०२४ को बक्स अफिस रिपोर्ट हेर्दा बलिउडको सबैभन्दा धनी अभिनेताको सुचीमा पनि शाहरुख नै परेका छन् । तथापि खर्च गर्ने मामिलामा आफु निकै लोभी भएको यी अभिनेताको कथन छ । स्कुले जीवन देखि नै साथीहरुबीच आफु हत्तपत्त खर्च नगर्ने ब्यक्तिको रुपमा परिचित रहेको यी अभिनेताले बताउँदै आएका छन् । पैसा धेरै कमाउने भए पनि पैसा खर्चगर्ने प्रसँगमा आफुले धेरै सोच्ने गरेको पनि शाहरुखको कथन छ ।

सलमान खान
बलिउडका अर्का अभिनेता सलमान खान पनि कन्जुस अभिनेताको सुचीमा पर्छन । पैसाको कुरा गर्दा उनी पनि हत्तपत्त खर्च नगर्ने अभिनेताको रुपमा परिचित छन् । करोडौंको मालिक भए पनि उनी फ्ल्याटमा बस्छन् । आफ्ना घरहरु उनले भाडामा लगाएका छन् । आफुसँग कुनै बेला एटिएम र पैसा समेत गोजिमा नहुने गरेको यी अभिनेताको कथन छ । आफ्नो पैसा धेरै सोचेर मात्र खर्च गर्ने यी अभिनेताको बानी छ ।

काजोल
१९९० को दशककी चर्चित अभिनेत्री काजोल विवाह अघि निकै कन्जुस थिईन् । बलिउड अभिनेता अजय देवगनसँग विवाह गरेपछि पनि खर्चमा कन्जुस्याईं गर्ने उनको बानी अझै यथावत रहेको अजयको कथन छ । सपिङ देखि हरेक कुरामा निकै मोलमोलाई गर्ने काजलसँग यहीकारण पनि अजय सपिङमा सँगैजान चाहँदैनन् । यी अभिनेत्री आफैंले पनि करण जोहरको शोमा आफु अनावश्यक खर्च पटक्कै नगर्ने कुला खुलाएकी छिन् । यसै क्रममा करण जोहरले उनलाई कंजूस अभिनेत्रीको ट्याग पनि दिएका थिए ।

सारा अली खान
बलिउड अभिनेत्री सारा अली खानलाई पटौदी परिवारकी राजकुमारी भनिन्छ । तर खर्च गर्ने प्रसँगमा यी अभिनेत्री पनि कन्जुस मानिने गरेकी छिन् । यहासम्मकी खर्च गर्न आबस्यक नठान्ने यी अभिनेत्री छायाँकनमा धेरै दिनसम्म पैसा नै नवोकी जाने गरेकी छिन् । सारा आफैंले पनि एक अन्तर्वार्ताको क्रममा आफु कन्जुस भएको खुलासा गरेकी छिन् । आफु सामान्य मानिसहरू जस्तै साधारण कपडा लिने गरेको यी अभिनेत्रीको कथन छ । मलमा नगएर सस्तो पाईने हुँदा उनी अनलाइन सेलबाट सपिङ गर्छिन् ।

जोन अब्राहम
९० को दशकमा जोन अब्राहमलाई बलिउड सुपरस्टार मानिन्थ्यो । अहिले पनि उनी बलिउडमा सक्रिय छन् । यी अभिनेता पनि आफ्नो खल्तीबाट पैसा निकाल्नुअघि धेरै पटक सोच्ने गर्छन । यी अभिनेता यति सरल जीवन बिताउँछन् कि टी–शर्ट, जीन्स र चप्पलमा उनी पूरै वर्ष दिन बिताउँछन् । आफुलाई हत्तपत्त खर्च गर्न मन नलाग्ने यी अभिनेताको कथन छ । त्यसैले उनलाई साथीहरुले कन्जुसको रुपमा बेला बेलामा सम्बोधन गर्छन ।

श्रद्धा कपुर
पछिल्लो समयकी लोकप्रिय अभिनेत्री श्रद्धा कपुरले पनि आफु कन्जुस भएको स्विकारेकी छिन् । परिवारमा खर्च नियन्त्रण गर्न जहिले पनि आफुले किचकिच गर्नु पर्ने यी अभिनेत्रीको कथन छ । आज पनि आफु र परिवारको लागि अनलाईनमा सस्तो छानेर कपडा किन्ने गरेको श्रद्धाले बताएकी छिन् । चाडपर्वमा छुटमा सामान पाईने हुँदा त्यतिबेला आफुले सपिङ गर्ने यी अभिनेत्रीको कथन छ । आफुले कहिल्यै पनि फजुल खर्च नगर्ने पनि यी अभिनेत्रीले बताएकी छिन् ।

The post बलिउड कलाकार, जो खर्च गर्न रुचाउँदैनन् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/104226/