बाढीले केराखेती नष्ट भएपछि किसानको व्यवसाय डुब्याे

सप्तरी – यही असोज ११ र १२ गते आएको बाढीका कारण सप्तरीको विभिन्न गाउँमा किसानको केराखेती नष्ट हुँदा उनीहरूको व्यवसाय डुबेको छ । भारदहमा मात्रै बाढीले पाँच सय बिघामा लगाइएको केराखेती नष्ट गरेको छ । बाढीका कारण फलेको केरा खेतमै डुब्नुका साथै ढलेर नष्ट भएको हो । यसबाट व्यावसायिक रूपमा केराखेती गर्दै आएका किसान मर्कामा परेका छन् । बिक्री गर्ने समयमा आएको बाढीका कारण केराखेती गर्ने किसानलाई लाखौं रुपैयाँको घाटा भएको छ । किसानले अहिलेसम्म कुनै निकायबाट पनि राहत नपाएको गुनासो गरेका छन् । यसअघि गएको...

Source : https://ujyaaloonline.com/story/107847/2024/10/16/banana-cultivation-destroyed-by-flood-in-saptari