भन्सार दर घटेपछि सुनचाँदीको मूल्यमा भारि गिरावट, एकैदिन तोलामा १५ हजार बढीले घट्यो सुन
The post भन्सार दर घटेपछि सुनचाँदीको मूल्यमा भारि गिरावट, एकैदिन तोलामा १५ हजार बढीले घट्यो सुन appeared first on Samudrapari.
समाचार सुन्नुहोस :
काठमाडौँ – सोमबार सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १५ हजार ९०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य एक लाख ५१ हजार ३०० रुपैयाँमा झरेको छ। यसअघि, आइतबार सुन प्रतितोला एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि ताेलामा ११५ रुपैयाँले घटेको छ। अहिले चाँदी प्रतितोला एक हजार ८४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आइतबार यसको मूल्य एक हजार ९६० रुपैयाँ थियो।
सुन र चाँदीको मूल्यमा आएको यो गिरावट सरकारले भन्सार दर घटाएपछि भएको हो। मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार सुन आयातमा लाग्ने भन्सार कर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारिएको छ। चाँदीमा पनि भन्सार दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारिएको छ।
The post भन्सार दर घटेपछि सुनचाँदीको मूल्यमा भारि गिरावट, एकैदिन तोलामा १५ हजार बढीले घट्यो सुन appeared first on Samudrapari.
Source : https://samudrapari.com/2024/11/496762/
Install Nepal News App to your Home Screen to enjoy a unique and native experience.