मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान
खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडाबाट पैदल ४५ मिनेट उक्कालो चढ्दा धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी पुगिन्छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै पर्ने किरात ऐतिहासिकस्थल मझुवागढी आवतजावत गर्ने पदमार्गमा नौ सय १८ खुड्किला छन् । माझकिरात भनेर चिनिने खोटाङको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेपछि उनीहरूको आवतजावतमा […]