माडागास्करको तटमा दुई वटा डुङ्गा पल्टिँदा २४ जनाको ज्यान गयो

माडागास्करको तटमा दुई वटा डुङ्गा पल्टिँदा २४ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा धेरैजसो सोमालियाका नागरिक रहेका स्थानीय प्रशासनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सोमालियाको विदेश मन्त्रालयले बाँकी रहेका मानिसको सुरक्षित फिर्ताको सुनिश्चितता गर्ने प्रयास भइरहेको जनाएको छ । दुवै डुङ्गामा गरी ७० जना मानिस थिए । डुङ्गा पल्टिएपछि माछा मार्नेहरूले उद्धार गरेका थिए । दुर्घटनाको कारणबारेमा छानबिन भइरहेको स्थानीय प्रहरीले जनाएको छ । बेरोजगारी र गरिबीका कारण अफ्रिकाका युवाहरू राम्रो जीवनको खोजीमा युरोप पलायन भइरहेका छन् ।...

Source : https://ujyaaloonline.com/story/109243/2024/11/25/24-dead-as-two-boats-capsize-off-madagascar-coast-