मृत्युपछि अङ्गदान गर्ने दाताका परिवारलाई २ लाख रुपैयाँ दिने स्वास्थ्यमन्त्रीकाे निर्णय
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मृत्युपछि मानव अङ्गदान गर्ने दाताका परिवारलाई दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय गर्नुभएको छ । यसअघि सरकारले मानव अङ्गदान गर्न चाहने परिवारलाई एक लाख रुपैयाँ दिने गरेको थियो । भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरिएकोमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दाताका परिवारलाई एक लाख रुपैयाँ थप गर्ने निर्णय गरेको हो । मन्त्री पौडेलको निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक स्राेतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको छ । मन्त्रालयको आन्...
Source : https://ujyaaloonline.com/story/109222/2024/11/24/2-lakh-to-the-family-of-the-donor