रविलाई काठमाडौं ल्याइँदै, बयान पछि पुन पोखरा फिर्ता पठाइने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले पोखराबाट काठमाडौंका ल्याउँदैछ । उनलाई अहिले बुद्ध एयरको विमानमार्फत काठमाडौं ल्याउन लागिएको हो । उनी सवार जहाज भर्खरै पोखराबाट उडेको उनी निकट स्रोतले बताएको छ ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा रविसहित १० जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । सोही सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न रविलाई काठमाडौं ल्याइएको हो । उनको छानबिन काठमाडौं प्रहरी प्रमुखको कमाण्डले गर्नेछ ।

कात्तिक २ गतेबाट कास्की प्रहरीको हिरासतमा रहेका रविलाई पछिल्लो पटक अदालतले थप १५ दिन हिरासतमा राख्न दिएको छ । रविविरुद्ध कास्की र काठमाडौंका साथै रुपन्देही र चितवनमा समेत पक्राउ पूर्जी जारी भएको छ । यसअघि उनलाई रुपन्देहीमा लगेर अनुसन्धान गरिएको थियो । अब काठमाडौंमा बयान लिने काम सकिएपछि उनलाई पुन कास्की फिर्ता पठाउने तयारी प्रहरीको छ ।

Source : https://onlinetvnepal.com/2024/11/186975/