लखनउमा जिप दुर्घटना हुँदा तीन डाक्टरसहित पाँच जनाको मृत्यु

काठमाडौं– भारतको लखनउबाट आगरा गएको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा  एक जना डाक्टर गम्भिर घाइते भएका भएका छन् ।

मृत्यु हुनेमध्ये तीन जना आवासीय चिकित्सक रहेको स्थानीय सञ्चारमाध्यमले लेखेका छन् । उक्त जीप प्रति घण्टा १३० को गतिमा गुडिरहको थियो । तिव्र गतिका कारण सडक डिभाइडरमा ठोक्किएर स्कार्पियो जिप दुर्घटनामा परेको हो ।

जीपमा सवार सबैजना साथिको बिहेमा सहभागी हुन जाने क्रममा दर्घटना परेको प्रहरीले जनाएको छ ।

Source : https://onlinetvnepal.com/2024/11/186946/