विश्वकप क्रिकेट लिग–२ मा नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हरायो
काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ को अमेरिकामा भइरहेको शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको छ । अमेरिकाको डालसमा स्कटल्याण्डले दिएको १ सय ५५ रनको लक्ष्य नेपालले २९ ओभर ५ बलमा भेट्टायो । नेपालका आरिफ शेखले सर्वाधिक ५१ रन बनाए । कुशल भुर्तेल र गुल्सन झाले २५/२५ रन जोडे । आसिफ शेखले २१ रन बनाए । स्कटल्याण्डका ब्राण्डम म्याकुलमले २ विकेट लिए । त्यसअघि टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ४१ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ५४ रन बन...
Source : https://ujyaaloonline.com/story/108307/2024/10/30/nepal-nepal-descotland-by-five-wwc-league-2-