वैदेशिक रोजगारीका लागि सिंगापुर लगिदिने भन्दै ठग्ने युवक पक्राउ

काठमाडौं– वैदेशिक रोजगारी ठगीमा फरार रहेका सुजन आचार्य पक्राउ परेका छन् । नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा आचार्य पक्राउ परेका हुन् । उनी कम्बोडियाबाट पक्राउ परी डिपोर्ट भएका थिए । काठमाडौं ओर्लिनेबित्तिकै प्रहरीले एयरपोर्टबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध नेश्नल सेन्ट्रल ब्यूरो काठमाडौंको अनुरोधमा २०८० माघ १९ गते रेड नोटिस जारी भएको थियो । उनीविरुद्ध सिंगापुर पठाइदिन्छु भन्दै कम्तिमा ४० जना व्यक्तिबाट ५ करोड २ लाख ९४ हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

 

Source : https://onlinetvnepal.com/2024/10/185270/