सिटिजन्स बैंक इन्टरनेशनलमा कर्मचारी माग, मंसिर १५ गतेसम्म आवेदन दिन सकिने

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनलले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

बैंकले क्लस्टर हेड, लिगल डिपार्टमेन्ट, ब्रान्च म्यानेजर, रिलेसनसिप अफिसर, चार्टड एकाउन्टेन्ट, डिजिटल बैंकिङ युनिट र आइटि डिमार्टमेन्ट पदका लागि केही सङ्ख्यामा रोजगारी खुलाएको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले नागरिकले मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेछन् । अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ ।

Source : https://arthasarokar.com/2024/11/citizens-bank-236.html