सुरक्षा बढाउँदा पनि सलमानलाई ज्यानमार्ने धम्की

मुम्बई । एनसीपी नेता बाबा सिद्दिकीको हत्यापछि बलिउड अभिनेता सलमान खानलाई बारम्बार लरेन्स गिरोहबाट ज्यान मार्ने धम्की आइरहेको छ । यो धम्कीसँगै मुम्बई प्रहरीले अभिनेता सलमान सुरक्षा बढाएको छ ।

एनसीपी नेता बाबा सिद्दिकीको १२ अक्टोबर राति मुम्बईको पोश बान्द्रा क्षेत्रमा उनका विधायक छोरा जीशान सिद्दिकीको कार्यालय बाहिर गोली हानी हत्या गरिएको थियो । पछि गोली प्रहार गर्ने दुई जना पक्राउ परेका थिए । यो घटनापछि लरेन्स ग्याङले सलमान खानलाई फेरि मार्ने धम्की दिईरहेका छन् ।

सलमानका बुबा सलीम खानले अझै पनि धम्की आउन नछाडेको बताएका छन् । एबीपी न्युजलाई दिएको अन्तर्वार्तामा सलिम खानलाई सोधिएको बाबा सिद्दिकीको हत्या सलमान खानकै कारण भएको हो र यसरी धम्की आईरहेको छ ? यो प्रश्नको जवाफ दिँदै उनले भने, ‘मलाई लाग्दैन कि यो हत्यासँग धम्कीको कुनै कुनै सरोकार छ, बाबा सिद्दिकी र सलमानबीच मित्रताको सम्बन्ध थियो भने सलमानलाई किन यस्तो गरिँदैछ ?’

बाबा सिद्दिकीले सलमानलाई लरेन्स बिश्नोईबाट जोगाउन खोजेको थिए । सोही कारण पनि बाबा सिद्धिकीको हत्या भएको हो भन्ने प्रश्नमा बुबा सलीमले भने,‘पुलिसले सलमान र उनका परिवारका सदस्यहरूलाई पनि सुरक्षा दिइरहेको छ भने यसको मतलब के हो? सबैजना ज्यान बचाउन चाहन्छन् र यहाँ जतिबेला जे पनि हुन सक्ने रहेछ ।’

मिडियासँग सलीम खानले सलमानको पक्ष लिँदै सलमानले कसैको पनि हत्या नगरेको बताएका छन् । कालो हरिण हत्या प्रकरणमा सलमानले विष्णाई समुदायसँग माफी मागेको ’boutमा उनले भने, ‘जससँग केही गल्ती भएको छ भने त्यससँग माफी माग्नुपर्छ र माफी माग्नुहोस् । कसैको मन दुखाएको छ भने माफी माग्दा उसलाई शान्ति मिल्छ र उसले माफी दिन्छ ।’ कालो हरिण प्रकरणमा सलमानले सोही कारण माफी मागेको उनले प्रस्ट पारे ।

The post सुरक्षा बढाउँदा पनि सलमानलाई ज्यानमार्ने धम्की appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102458/