१९ वर्षमूनीको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दै
काठमाण्डौ – आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दैछ । यूएईमा हुने यो खेल नेपाली समयअनुसार आज बिहान सवा ११ बजे शुरु हुनेछ । यसअघि हिजो भएको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हराएको थियो । १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपाल, थाइल्यान्ड, यूएई र कुवेत छन् । नेपालले पर्सि शनिवार यूएईसँग, कात्तिक २५ गते थाइल्यान्डसँग,कात्तिक २७ गते कुवेतसँग र अन्तिम खेलमा कात्तिक २८ गते यूएईसँग खेल्नेछ । प्रतियोगिताको शीर्ष टोली अर्काे वर्ष...
Source : https://ujyaaloonline.com/story/108565/2024/11/7/nepal-is-playing-against-kuwait-today-in-the-u-19-