७ ओभरकाे खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई २९ रनले हरायो
काठमाण्डाै – पाकिस्तानसँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलिया २९ रनले विजयी भएकाे छ । अस्ट्रेलियाले दिएको ९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ७ ओभरमा ९ विकेट गुमाएर ६४ रनमात्र बनाउन सक्यो । पाकिस्तानका अब्बास अफ्रिदीले सबैभन्दा धेरै नटआउट २० रन बनाए । पाकिस्तानका सात जना खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । अस्ट्रेलियाका जेभिएर बार्टलेट र नाथन इसिले ३/३ विकेट लिए । यसअघि घरेलु मैदान ब्रिसबेनमा टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले ७ ओभरमा ४ विकेट गुमाएर ९३ रन बनायो । अस्ट्रेलियाका ग्लेन म्य...
Source : https://ujyaaloonline.com/story/108852/2024/11/14/australia-beat-pakistan-by-29-runs