‘छिमेकी मित्र राष्ट्रसँग सहुलितपूर्ण ऋण सहायता लिनु के गलत हो? ’
काठमाडौं– सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोख्रेलले एमाले नेतृत्वको सरकारले रेल,सुरुङमार्ग र पानीजहाजको अवधारणा अघि सार्नु गलत नभएको जिकिर गरेका छन् ।
एमालेले आज काठमाडौँमा गर्न लागेको जागरसभा र भइरहेको आलोचनाप्रति सङ्केत गर्दै महासचिव पोखरेलले मुलुकमा अस्थिरता सिर्जना गर्ने उद्देश्यले प्रायोजित रूपमा सिर्जना गरेका षडयन्त्र तथा भ्रमबाट समाज र राजनीतिलाई मुक्त गर्न आग्रह समेत गरेका छन् ।
शुक्रबार एमालेले अराजकताविरुद्ध भन्दै काठमाडौंमा जनप्रदर्शन गर्दैछ । जागरण सभा नाम दिईएको उक्त सभामा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् भने कम्तीमा एक लाख कार्यकर्ता सडकमा उर्तार्ने एमालेको तयारी छ ।
सामाजिक सञ्जाल फेसबुकमा नौ वटा प्रश्न गर्दै पोखरेलले गरेका कामहरू कसरी गलत भए रु भनेर सोधेका छन् । एमालेले स्वाधिनता, स्वभिमान र राष्ट्रिय हितका पक्षमा अडान लिनु र नेपालको गुमेको भूभाग समेटेर नक्सा प्रकाशित गर्नु अपराध हो भन्दै उनले प्रश्न गरेका छन् ।
यस्ता छन् पोख्रेलले राखेका प्रश्न
१. नेकपा (एमाले) र त्यसको नेतृत्वका विरुद्धमा षडयन्त्रपूर्ण कुप्रचार किन र कस्को प्रायोजनमा भइरहेको छ ?
२. के नेकपा (एमाले)ले स्वाधिनता, स्वभिमान र राष्ट्रिय हितका पक्षमा अडान लिनु र नेपालको गुमेको भूभाग समेटेर नक्सा प्रकाशित गर्नु अपराध हो ?
३. नेपालको विकास र समृद्धिका लागि मेघा परियोजनाहरु अघि वढाउनु, सुरुङ,रेल र पानी जहाजको योजना अघिसार्नु ग़लत हो ?
४. नेपालको विकासका लागि छिमेकी मित्र राष्ट्रहरुवाट सहुलितपूर्ण ऋण सहायता लिनु के ग़लत हो ?
५. नेपाललाई भूपरिवेष्ठित मुलुकवाट भूजडित मुलुकमा वदल्नका लागि उत्तरी छिमेकी चिनसंग व्यापार र पारवाहन संझौता गर्नु गलत हो ?
६. के भारतको कलकत्ता पोर्टको विकल्पका रुपमा भारतवाट थप वन्दरगाहा प्रयोगको अधिकार सुनिश्चित गर्नु ग़लत हो ?
७. के नेपालले भैरहवा गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थलका लागि भारतसंग अनुकुल एअररुटको माग गर्नु गलत हो ?
८. के नेपालले आफूलाई स्वाधिन राष्ट्रकारुपमा समनताका आधारमा व्यवहारको माग गर्नु गलत हो ?
९. के राष्ट्रको विकास र समृद्धिका लागि सहुलितपूर्ण ऋण सहायता परिचालन गर्नु गलत हो ?
पोखरेलले एमालेले यस्ता काम गर्नु गÞलत लागे मात्र विरोध जायज हुन सक्ने बताएका छन् ।
‘होइन भने देश बनाउनका लागि उसले गरेका राम्रा काममा साथ देऊ । काम गर्नेलाई हौसला देऊ । कमीकमजोरी भए सुझाव देऊ । विकल्प भए विकल्प देऊ’, पोखरेलको आग्रह छ ।