'एसएमएस' गरी धम्की दिएर पैसा मागेको आरोपमा काठमाण्डौबाट एक जना पक्राउ
काठमाण्डाै – 'एसएमएस' गरी धम्की दिएर पैसा मागेको आरोपमा प्रहरीले काठमाण्डौबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने ३२ वर्षीय आकाश तामाङ रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । तामाङले चिनियाँ नागरिकले सञ्चालन गरेको कम्पनीको म्यानेजरको मोबाइलमा 'एसएमएस' गरी पैसा मागेका थिए । तामाङ त्यही कम्पनीका लेबरका रूपमा काम गर्ने कर्मचारी रहेको खुलेको छ । तामाङले गएको असोज २१ गते राति कम्पनीका म्यानेजरको ...
Source : https://ujyaaloonline.com/story/108080/2024/10/23/after-threatening-money-by-sms