अबको रणनीति निर्यात बढाउनु हो: मन्त्री भण्डारी
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अबको रणनीति स्वदेशी उत्पादनको वृद्धि गरी निर्यात बढाउनु भएको बताएका छन्। उद्योग संगठन मोरङको प्रतिनिधिमण्डलसँग आज भएको अन्तक्र्रियामा उनले स्वदेशी उत्पादन बढाउँदै निर्यातमा जोड दिनुपर्ने बताए। मन्त्री भण्डारीले भारतसँगको विषयलाई आगामी दिनमा हुने सचिवस्तरीय बैठकमार्फत सहजीकरण गरिने बताए। उनले आफ्नो मन्त्रालय मातहतका निकायबाट काममा ढिलासुस्ती नहुने प्रतिबद्धता जनाए। […]