अभ्यास खेलमा अमेरिका ‘ए’ सँग नेपाल ४ विकेटले पराजित

काठमाडौं ।

अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अमेरिका ‘ए’ टिमसँगको अभ्यास खेलमा पराजित भएको छ। गएराति सम्पन्न अभ्यास खेलमा अमेरिका ‘ए’ ले नेपाललाई ४ विकेटले पराजित गरेको हो।

पहिला ब्याटिङ गरेको नेपाली टिमले खेलमा २५.३ ओभरमा ८० रन बनाएर अल आउट भएको थियो। जवाफमा अमेरिका ए ले ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्दै ४ विकेटले खेल जितेको थियो।

यस अभ्यास खेलमा लिग-२ को खेल अघि अमेरिका ‘ए’ नेपाल र स्कटल्याण्ड खेलिरहेका छन्। आज अभ्यास खेल अन्तर्गत अमेरिका ‘ए’ र स्कटल्याण्ड खेल्दै छन्।

Source : https://newsofnepal.com/2024/10/23/674769/