अमेरिकाले भन्यो : इरानमा इजरायली हमलाको जानकारी छ , सम्लग्नता छैन

इजरायलले इरानमा गरेका हवाई आक्रमणमा अमेरिकाको कुनै संलग्नता नरहेको अमेरिकाले जनाएको छ ।

अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले यो पछिल्लो धारणा सार्बजनिक गरेको हो ।

पेन्टागनका अनुसार इरानमा गरिने आक्रमणका बारेमा इजरायलले पहिले नै सूचना दिएको थियो । यससँगै अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला हैरिसलाई पनि इजरायली आक्रमणबारे जानकारी दिइएको छ ।

राष्ट्रपति बाइडेनलाई इजरायली हवाई आक्रमणबारे जानकारी दिइएको र उहाँले सम्पूर्ण घटनामा सूक्ष्म दृष्टि राखिरहेको अमेरिकी अधिकारीहरुले बताएका छन ।

समाचार संस्था रॉयटर्सका अनुसार उपराष्ट्रपति कमला हैरिसलाई पनि इजरायली आक्रमणबारे जानकारी दिइएको छ र उहाँले पनि घटनालाई नजिकबाट हेरिरहनु भएको छ ।

इजरायली सेनाले इरानमा ‘सैन्य ठेगानाहरूमा सटीक प्रहार’ गरिरहेको बताएको छ । इरानको सरकारी मिडियाले राजधानी तेहरानमा विस्फोटको ठुलो आवाज सुनिएको बताएको छ ।

एक महिनाअघि इरानले इजरायलमा २०० ब्यालेस्टिक मिसाइलहरू प्रहार गरेको थियो । जसको जवाफस्वरूप यो आक्रमण इजरायलले गरेको बताएको छ ।

Source : https://www.khasokhas.com/211075