अमेरिकी राष्ट्रपति चुनाव : सर्वेक्षणमा कमला अघि

अमेरिकी राष्ट्रपतीय चुनावको पछिल्लो सर्वेक्षणअनुसार कमला ह्यारिसले अग्रता कायम राख्नुभएको छ । बीबीसीले नयाँ तथ्याङ्कलाई उद्धृत गर्दै कमला ह्यारिस अर्का उम्मेदवार डोनाल्ड ट्रम्पभन्दा एक प्रतिशतले अघि रहनुभएको जनाएको छ । सर्वेक्षणमा कमलाको पक्षमा ४८ र ट्रम्पको पक्षमा ४७ प्रतिशत मत देखिएको छ । यस्ता सर्वेक्षणहरू देशभरी कुन उम्मेदवार कति लोकप्रिय छन् भनेर जान्ने राम्रो तरिका भए पनि चुनावी नतिजाको भविष्यवाणीका लागि यो पर्याप्त नहुने बीबीसीले जनाएको छ । विश्वशक्ति अमेरिकाको राष्ट्रपति चुनावले अहिले विश्वकै ध्यानकेन्द्रित गरेको छ । नोभेम्ब...

Source : https://ujyaaloonline.com/story/108447/2024/11/3/us-presidential-election-kamala-leads-in-polls