आईपीएल क्रिकेट हैदराबादको शानदार जित : लखनउलाई  १० विकेटले हरायो

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले लखनउ सुपर जाइन्ट्सलाई हराएको छ । गएराति भएको खेलमा हैदराबादले लखनउलाई १० विकेटले हराएको हो । लखनउले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको हैदराबादले ९ ओभर ४ बलमा एक विकेट पनि नगुमाई १ सय ६७ रन बनायो । हैदराबादका ट्राभिस हेडले अविजित ८९ रन बनाए ।  अभिषेक शर्माले पनि अविजित रहदै ७५ रन जोडे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । उसका आयुष बडोनीले सर्वाधिक ५५ रन बनाए ।...

Source : https://ujyaaloonline.com/story/101577/2024/5/9/ipl-cricket-hyderabad-spectacular-victory