आरएसडीसी लघुवित्तद्वारा १० प्रतिशत लाभांश घोषणा

काठमाडौँ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीको कार्तिक १ गते बसेको संचालक समितिको बैठकले ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधेनैले पाउनेछन् ।

गत वर्ष कम्पनीले ८.६० प्रतिशत बोनस सेयर र कर तिर्न ०.४५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Source : https://arthasarokar.com/2024/10/rsdc-laghubitta-18.html