उपचुनावका लागि मतपत्र छपाइको काम सकियो : २ लाख ५९ हजार मतपत्र छपाइ

काठमाण्डौ – यही मंसिर १६ गते हुने पालिकाको उपचुनावका लागि आवश्यक मतपत्र छपाइको काम सकिएको छ । दुर्गम क्षेत्रमा मतपत्रसहितका आवश्यक निर्वाचन सामग्री पठाइसकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार मतपत्र छाप्ने काम हिजो सकिएको छ । उपचुनावका लागि दुई लाख ५९ हजार मतपत्र छापिएको छ । उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका चुनाव चिह्न मात्र समावेश गरी मतपत्र तयार पारिएको आयोगले जनाएको । हरेक पदका लागि छुट्टाछुट्टै मतपत्र छन् । पालिकाका रिक्त ४४ पदमध्य...

Source : https://ujyaaloonline.com/story/109191/2024/11/24/printing-ballot-papers-by-elections-completed