उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिकाे स्वीकृति
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले यही मङ्सिर १६ गते हुने उपचुनावमा सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ । उपचुनावलाई सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति पौडेलले सेना परिचालनका लागि स्वीकृति दिनुभएको हो । विभिन्न तहका ४१ वटा पदका लागि आउँदो १६ गते बिहान ७ बजेदेखि मतदान हुँदैछ । यसैबीच मङ्सिर १६ गते हुने उपचुनावका लागि मतदानस्थलका रूपमा कायम भएका संस्थामा १३ गतेदेखि नै बिदा दिने व्यवस्था मिलाउन निर्वाचन आयोगले आग्रह गरेक...
Source : https://ujyaaloonline.com/story/109220/2024/11/24/approval-to-mobilize-the-army-in-by-elections