एयरपोर्ट नजिकै सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको विषयलाई लिएर संसदीय समितिमा उजुरी

काठमाडौं– गत साउन ९ गते उडान भर्नेवित्तिकै त्रिभुवन विमानस्थतनजिक सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको विषयलाई लिएर संसदीय समितिमा उजुरी परेको छ । सप्तरी घर भई भक्तपुरको बालकोट बस्दै आएका प्रकाश खतिवडाले संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा उजुरी हालेका हुन् ।

उक्त दुर्घटनामा सौर्य एयरका प्राविधिक टोलीका मनुराज शर्मा, उनी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज पनि थिए । उजुरी दिने खतिवडाका बुबा हुन् । उनले एयरलाईन्स व्यवस्थापन पक्षको जानाजान लापरवाही, प्राविधिक त्रुटि र मानवीय कमजारीका कारण उक्त दुर्घटना भएको दाबी गरेका कछन् ।

उक्त कुरा सरकारी आयोगको प्रारम्भिक प्रतिवेदनले समेत पुष्टि गरेको उनको भनाई छ । १२ वर्षदेखि ऊर्जा मन्त्रालयमा कार्यरत् छोरी प्रिजालाई फर्जी कागजात बनाएर सौर्यको व्यवस्थापनले एयरलाइन्सको कर्मचारीको नक्कली कर्मचारी बनाएको उनले बताएका छन् ।

पर्यटनमन्त्री बद्री पाण्डेले प्रिजालाई सौर्यकै कर्मचारी भनेर संसदमा बोलेको भिडिओ रेकर्ड र एयरलाइन्सका अध्यक्षसहितको अडियो पनि उनले प्रमाणका रूपमा पेश गरेका छन् ।

‘घटना भएको जहाजको उडान नै गैरकानुनी उडान हो । २१ वर्ष पुरानो ३४ दिन देखि ग्राउडेड सो जहाजको उक्त दिनको उडानलाई ‘फेरी उडान’ भनिएको छ । उक्त तथ्यलाई सरकारी आयोगको प्रारम्भिक प्रतिवेदनले समेत पुष्टि गरेको छ । फेरि उडान गर्दा ५ जना भन्दा बढी र उडानसँग असम्बन्धित यात्रु बोक्न नपाइने स्पष्ट कानूनी व्यवस्था छ । ‘फेरी उडान’ लाई प्राबिधिक भाषामा प्रारम्भिक मर्मत सम्हार गर्न लगिएको उडान भनिन्छ । यसरी गैरकानूनी उडानमा कानून विपरीतका यात्रु बोकेर १८ जनाको नरसंहार गरिएको छ’, खतिवडाको उजुरीमा उल्लेख छ ।

Source : https://onlinetvnepal.com/2024/11/186891/



Related Posts