एल क्लासिको : बार्सिलोनाले रियल म्याड्रिडलाई हरायो

काठमाडौं ।

स्पेनिस ला लिगा अन्तर्गतको एल क्लासिकोमा बार्सिलोनाले शानदार जित निकालेको छ। गए राति सम्पन्न खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको घरेलु मैदानमा भएको यो खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोस्रो हाफमा बार्सिलोनाले शानदार प्रदर्शन गरेको थियो। बार्सिलोनाले दोस्रो हाफमा ४ गोल गर्दै रियल म्याड्रिडलाई दबाबमा राखेको थियो।

जितको क्रममा बार्सिलोनाका लागि रोबेर्ट लेवानडोस्कीले २ गोल गरेका थिए भने लामिन यमल र राफिन्हाले एक एक गोल गरेका थिए। यो जितपछि ला लिगामा बार्सिलोनाले रियल म्याड्रिडमाथि ६ अङ्कको स्पष्ट अग्रता हासिल गरेको छ।

बार्सिलोनाको ११ खेलमा ३० अङ्क भएको छ भने रियल म्याड्रिडको ११ खेलमा २४ अङ्क रहेको छ।

Source : https://newsofnepal.com/2024/10/27/675459/