औषधि बेच्नेले अनिवार्य सेतो 'एप्रोन' लगाउनुपर्ने
काठमाण्डाै – आउँदाे पुस ४ गतेदेखि 'फर्मासिस्ट' हरूले सेतो 'एप्रोन' लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गरिएको छ । नेपाल फार्मेसी परिषद्ले एक सूचना जारी गर्दै कुनै पनि सामुदायिक फार्मेसी वा अस्पतालका फार्मेसीमा औषधि वितरकका रूपमा कार्यरत फर्मासिस्ट र फार्मेसी सहायकले औषधि वितरण गर्दा नामसहितको सेतो एप्रोन (बाहिरी पोशाक) अनिवार्य लगाउनुपर्ने व्यवस्था गरेको हो । परिषद्का रजिस्ट्रार सञ्जीवकुमार पाण्डेले फर्मासिस्ट र फार्मेसी सहायकले यसको उल्लङ्घन गरेमा परिषद्को आचा...
Source : https://ujyaaloonline.com/story/109089/2024/11/21/pharmacists-must-wear-a-white-apron