कस्तो बन्यो पुसमा म्याद सकिने ग्वार्कोको ‘फ्लाई ओभर’ ? (तस्विरहरु)

काठमाडौँ । २०७८ सालको फागुन १२ गतेदेखि ठेक्का गरि निर्माण सुरू भएको फ्लाई ओभरको थपिएको म्याद पनि यही पुस ८ गते पूरा हुँदैछ । फ्लाई ओभरको पहिलो म्याद ११ फागुन २०८० मा निर्माण सम्पन्न हुने गरी १२ फागुन २०७८ मा ठेक्का लागेको थियो भने समयमा काम नसकिए पछि पुन म्याद थप गरि ८ पुस २०८१ सम्म गरिएको थियो ।

१७ करोड ०६ लाख ८८ हजार ८ सय ८८ रुपैयाँमा फ्लाइ ओभरको ठेक्का तोकिएको थियो भने अहिलेसम्म फ्लाई ओभरको भौतिक प्रगति ९८ प्रतिशत छ । वित्तीय प्रगति ४५. ५४ प्रतिशत छ । ७ करोड ७७ लाख ३३ हजार ५१५ रुपैयाँ भुक्तानी भइसकेको मन्त्रालयले जानकारी दिएको छ ।

३० मिटर स्पानको ४ लेनको पुल सहितको फ्लाई ओभर निर्माणको काम आशिष-समानान्तर-रेलिगेर जेभी काठमाडौंले गरिरहेको छ । बाँकि तस्विरमा हेर्नुहोस्:

Source : https://arthasarokar.com/2024/11/how-did-guarkos-fly-over-expiring-in-push-become-pictures.html



Related Posts