काठमाडौँ महानगरले एमालेलाई एक लाख जरिवाना तिराउने

काठमाडौँ । काठमाडौँ महागरपालिकाले नेकपा एमालेलाई एक लाख जरिवाना तिर्न आदेश दिएको छ । शुक्रबार काठमाडौँको दरबारमार्गमा एमालेले आयोजना गरेको जागरण सभाका क्रममा फोहोर गरेको भन्दै महानगरले एमालेलाई एक लाख जरिवाना गरेको हो । महानगरले सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरि वातावरण प्रदुषण गरेकोले एक लाख जरिवाना गरेको जनाएको छ ।

Source : https://www.dcnepal.com/2024/11/613788/