काठमाण्डौ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । महानगरले तयारी कक्षामा सहभागी हुन इच्छुकलाई आवेदन माग पनि गरेको छ । महानगरभित्र स्थायी बसोबास भएका विद्यार्थीका लागि लोकसेवाको तयारी कक्षा सञ्चालन हुनेछ । इच्छुकले नागरिकताको फोटोकपी, स्थायी बसोबास गरेको प्रमाणपत्र र आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्रसहित ७ दिनभित्र महानगरको सामाजिक विकास विभागमा आवेदन पेस गर्न सक्ने सूचनामा उल्लेख छ ।

Source : https://ujyaaloonline.com/story/101398/2024/5/4/ktm-will-conduct-free-public-service-preparation