काठमाण्डौमा आज माओवादीको खबरदारी सभा : सुरक्षा व्यवस्था कडा, गाडीको आवतजावत प्रभावित नहुने

काठमाण्डौ – नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध आज काठमाण्डौमा विरोध प्रदर्शन र खबरदारी सभा गर्दैछ । बिहान ११ बजेपछि काठमाण्डौको प्रदर्शनीमार्गमा खबरदारी सभा गर्ने माओवादीले जनाएको छ । माओवादीले यसलाई भ्रष्टाचार र बेथितिविरुद्धको प्रदर्शन भनेको छ । सबै जनवर्गीय सङ्गठनहरुलाई विरोध कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रले निर्देशन दिइसकेको छ । सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ । खबरदारी सभा शुरु हुनुअघि बिहान साढे ११ बजे भद्रकाली, सुन्धारा र काठमाण्डौ मल...

Source : https://ujyaaloonline.com/story/108182/2024/10/26/maoists-caution-meeting-in-kathmandu-today