क्यानडामा अस्थायी विदेशी कामदारको संख्या घटाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडामा अस्थायी विदेशी कामदारको संख्या घटाउने बताएका छन् । जस्टिन ट्रुडोले सोसल मिडिया प्लेटफर्म एक्समा एक पोस्टमा भने, “क्यानडामा अस्थायी विदेशी कामदारहरूको संख्या घटाइनेछ।” उनले भनेका छन् , “हामी कम्पनीहरूका लागि कडा नियमहरू लिएर आउँदैछौं, जसमा उनीहरूले पहिले क्यानाडाली कामदारहरूलाई किन काममा राख्न सक्दैनन् भनेर व्याख्या गर्नुपर्नेछ।”  

Source : https://www.dcnepal.com/2024/10/607227/