खोला किनारको २० मिटर मापदण्डको फैसलामा सर्वोच्चले पुनरावलोकन गर्ने

काठमाण्डौ – काठमाण्डौ उपत्यकाको खोला किनारको थप २० मिटरको मापदण्ड विवादसम्बन्धी सर्वोच्च अदालतमा पुनः सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू कुमार चुडाल र नित्यानन्द पाण्डेको पूर्ण इजलासले फैसलाविरुद्ध सरकारले दर्ता गराएको पुनरावलोकन निवेदनमा अनुमति दिएपछि पुनः सुनुवाइ हुने भएको हो । सर्वोच्चका दुई न्यायाधीशले यसअघि फैसला सुनाएकाले अब तीन न्यायाधीश वा त्यस भन्दा माथिको इजलासले यसमा बहस सुनेर फैसला सुनाउनेछ । यसअघि, न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र विनोद शर्माको संय...

Source : https://ujyaaloonline.com/story/109109/2024/11/22/supreme-court-to-review-20meter-riverbank-decision