जनकपुर ह्याकाथन २०२४ : शीर्ष ३ विजेताहरू सम्मानित

जनकपुरधाममा पहिलो पटक “जनकपुर ह्याकाथन २०२४” दुई दिवसीय प्रविधिक प्रतिस्पर्धा सम्पन भएको छ। मंसिर ८ र ९ गत्ते चलेको ह्याकाथन कार्यक्रम जनकचोकमा सम्पन्न भएको हो ।

ह्याकाथनमा सहभागी हुने युवाहरूलाई आफ्नो सिर्जनात्मकता र आइडियाहरूलाई जीवन्त बनाउनको लागि सुनौलो अवसर प्रदान गरिएको नीलगाई टेक कम्पनीका सह- संस्थापक दीपक शाहले बताए ।

यस कार्यक्रममा वेबसाईट, वेब एप, मोबाइल एप, च्याटबट लगायतका प्रविधि क्षेत्रमा प्रतिस्पर्धा गर्न सिकाइएको छ ।

प्रविधिको विकास र नविनतालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ह्याकाथनमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई पुरस्कार र थप अवसरहरू प्रदान गरेका छन् ।

सहभागी हुन इच्छुकहरूले neelgai.com/hackathon मा आवेदन दिएका थिए।

यस संगै जनकपुर ह्याकाथन २०२४ का उत्कृष्ट ३ विजेतालाई  सम्मानित गरिएको छ। उनीहरु आफ्नो सिर्जनात्मकता, दृढता र नवीन सोचमार्फत वास्तविक समस्याको समाधान प्रस्तुत गर्दै सबैको मन जित्न सफल भएका छन्।

पहिलो स्थानमा टिम जेड (Team ZED) मैथिली भाषा र जनकपुर संस्कृतिको प्रवर्धनका लागि एआई-आधारित समाधान गरि प्राप्त गरेका छन् । दोस्रो स्थान टिम मिथिला कोडर्स (Team MithilaCoders) क्याम्प स्पटलाइट” प्लेटफर्म: उपयुक्त क्याम्प फेला पार्न चुनौती समाधान गर्ने केन्द्रित एप बनाएर दोस्रो स्थान प्राप्त गरेका छन् भने तेस्रो स्थान: टिम कीनकोडर्स (Team KeenCoders) भाषिक अवरोध हटाउँदै संस्कृति जोगाउने अभिनव प्रयास गरि प्राप्त गरेका छन्।

कार्यक्रममा सहभागी सबै टोलीहरू, प्रशिक्षकहरू र प्रायोजकहरूको योगदानले यो कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले बताएका छन्।

कार्यक्रममा मधेश प्रदेश नीति र योजना आयोगका उपाध्यक्ष डा. सोहन शाहले जनकपुरसहित वरपरका क्षेत्रहरूमा प्रविधिको प्रवर्द्धन गर्दै भविष्यका सम्भावनाहरूको ढोका खोल्ने बताए । उनले यो कार्यक्रम मधेश प्रदेशमा प्रविधि क्षेत्रमा नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।

The post जनकपुर ह्याकाथन २०२४ : शीर्ष ३ विजेताहरू सम्मानित appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/11/27/101683/