टीकापुर विमानस्थलमा निगम र तारा एअरकाे परीक्षण उडान

कैलाली – कैलालीको टीकापुरमा आज विमान परीक्षण उडान भएको छ । टीकापुर नगरपालिका–१ बसपार्क नजिकै रहेको टीकापुर विमानस्थलमा ३८ वर्षपछि विमान परीक्षण उडान भएको हो । टीकापुर विमानस्थलमा नेपाल वायु सेवा निगम र तारा एअरको विमान परीक्षण उडान भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री अरुणकुमार चौधरीले तिहारलगत्तै नियमित विमान सञ्चालन गरिने बताउनुभयो । उहाँका अनुसार नियमित विमान सञ्चालन सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरूमा गरिनेछ । स्वर्गीय गृहमन्त्री खड्गबहादुर सिंहले २०४१ सालमा विमानस्थल सञ्चा...

Source : https://ujyaaloonline.com/story/108274/2024/10/28/test-flight-at-tikapur-airport