तनहुँको म्याग्देका युवाहरूद्वारा एक लाख रुपैयाँको सयपत्री फूल बिक्री
तनहुँ – तनहुँको म्याग्दे गाउँपालिकाका तीन युवाले तिहारलाई लक्षित गरी एक लाख रुपैयाँको सयपत्री फूल बिक्री गरेका छन् । यसै वर्ष पहिलोपटक सयपत्री फूलखेती गरेका तीन जना युवाहरुले तिहारलाई लक्षित गरी एक लाख रुपैयाँ बढीको फूल बिक्री गरेका हुन् । अक्षय कायस्थ, सन्तोष श्रेष्ठ र सुजन श्रेष्ठले म्याग्दे गाउँपालिका–६ धैरेनीमा उत्पादित सयपत्री स्थानीय स्तरमा बिक्री गरेका छन् । मागअनुसार सयपत्री फूल पुर्‍याउन नसकिएको अक्षयले जानकारी दिनुभयो । फूल लगाउन ढिलाइ भएकाले उत्पादन कम भएको भन्दै माग धेरै आएकाले माग अनुसा...
Source : https://ujyaaloonline.com/story/108438/2024/11/3/centipede-flowers-worth-rs-one-lakh-sold-tanahun-