तिहारमा पटका पट्काउँदा वायु र ध्वनि प्रदूषण हुने भएकाले सतर्कता अपनाउन आग्रह
काठमाण्डौ – वातावरणविद्हरुले उज्यालोको पर्वका रुपमा रहेको तिहार (दीपावली) मा पटका पट्काउँदा वातावरणमा वायु र ध्वनि प्रदूषण हुने बताएका छन् । पटका पट्काउँदा विभिन्न रासायनिक पदार्थहरू जस्तै सल्फरडाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड तथा धुलोका कणहरू वायुमण्डलमा फैलने र प्रदूषण बढाउनेभन्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् । वातावरणविद् भूषण तुलाधारले पटका जस्ता विषाक्त ग्यासहरूले हावा प्रदूषित बनाउने र यसले श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्ने भन्दै पटका पड्काउन नहुने बताउनुभयो । त्यस्तै जलवायु...
Source : https://ujyaaloonline.com/story/108369/2024/10/31/bursting-firecrackers-causes-air-noise-pollution-