दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
काठमाण्डाै – सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमै उपस्थित गराउन आदेश लिएको छ । प्रसाईंका छोरा निराजन प्रसाईंले बुबाको पक्राउ गैरकानूनी भएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराउनुभएको थियो । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश दिएको हो । इजलासले प्रसाईँलाई पक्राउ गर्नुको कारणसहित जवाफ दिन पनि विपक्षी अर्थात् प्रहरीको नाममा आदेशसमेत जारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बाेडियामा ३२ अर्ब रु...
Source : https://ujyaaloonline.com/story/109218/2024/11/24/supreme-court-orders-prasain-to-appear-in-court