देशमा नेता कि राजनेता ?
नेतालाई लिडर भनिन्छ, राजनेतालाई स्टेट्सम्यान । देशमा लिडरहरू छन् स्टेट्सम्यान भएनन् । राजनेतालाई देशको चिन्ता हुन्छ, नेतालाई चुनावको । अरू काम पेन्डिङ रहे पनि समयमै चुनाव वा उपचुनाव हुने अग्रणी देश हो हाम्रो । धेरै विषय यहाँ अग्रस्थानमै छ, पूर्वाधार गल्ने, नागरिकहरू ढल्ने, विप्रेषणमा अब्बल हुने, सुशासनको अभाव हुने, काण्डैकाण्डको देश भनेर संसारले चिनेको र व्यापारघाटामा पनि अब्बल छ देश । देश धेरै घाटामा छ, किन ? उत्तर सजिलो छ, भर्खरै अजरबैजानको बाकुमा भएको कोप २९ को सम्मेलनमा आयोजकले ३ जनालाई निम्तो पठायो, यहाँ जाने तीस जना भए, यसले मात्रै देश घाटामा गएको होइन राजनीतिक संयन्त्र यति धेरै छन् कि गनेर भ्याइँदैन र सरकारी कार्यालयमा गएर हाजिर गरिसकेपछि देशैभरि बिदा थाहा पाउने राष्ट्रसेवकहरू भएको देश पनि यही हो । यसै महिनाको मध्यमा उपचुनाव हुँदै छ, यतिबेला किसानका भकारी भरिनुपर्नेमा यसै वर्ष सवा लाख मेटन धानको उब्जा कम हुने भविष्यवाणी पनि प्रक्षेपण भइसकेको छ ।
असार बित्यो बाढीपहिरोले, साउन बित्यो विदेश भ्रमणतिर युवा धकेलिएर, भदौ बित्यो, होनहार युवा परदेसिने संख्या गिन्ती गर्दै, असोज बित्यो सबैभन्दा भीषण बाढी र पहिरोले, कात्तिक बित्यो भयंकर ठूला सडक दुर्घटनाले, मंसिर बित्दै छ प्रदूषणले । मंसिरको सुरुमै विश्वको छैटौं दर्जामा आएका हामी यसअघि प्रथम दर्जामा धेरैपल्ट पुगिसकेका हौं प्रदूषणमा । देशमा राजनीतिक प्रदूषण बढी छ र नेतादेखि सामाजिक अभियन्ताहरू पनि प्रहरी नियन्त्रणमा छन् । दीपक मनाङे मात्रै कारागार होइन, गृहको केन्द्रीय नेतृत्व नै कारागार चलान हुने देश हो हाम्रो । त्यो पनि एकाध होइन, पूर्वका मुख्यमन्त्री नियन्त्रणमा छन्, पूर्वकै प्रसाईं नियन्त्रणमा छन्, वैकल्पिक शक्ति भनिएको चौथो दल सिङ्गै करिब नियन्त्रणमा छ, नियन्त्रणमा अरू धेरै छन् । सुशासनको अभाव, सेवा प्रवाह नाम मात्रको, नागरिक असन्तोष चुलिएको र सार्वजनिक समारोह, कन्सर्ट, स्वदेश, विदेश नेताहरूलाई हेर्ने दृष्टकोण सकारात्मक छैन ।
नेताहरू पनि सिद्धान्तविपरीत अर्काको चुनाव चिह्न लिएर सत्तासीन हुने क्रम जारी छ । हाम्रो लोकतन्त्रले दल होइन, दलविहीनको अवस्था देखाएको छ, कसको के सिद्धान्त र को कति बेला एकअर्काको जुठो चाट्छन् थाहै हुन्न । विपरीत ध्रुवमा रहेका दलहरू देश दोहन र सत्ता प्राप्तिमा तुरुन्तै एकमत भइहाल्छन् । आप्mना कार्यकर्ताहरूलाई पनि स्पष्ट थाहा हुन्न, चुनाव आउँदा अरू कसैलाई भोट हाल्नुपर्छ भनेर, ऊर्दी सोचेभन्दा फरक आउन सक्छ, आएको पनि छ ।
समाजशास्त्रीहरूको मत छ, बौद्धिक वर्ग, सामाजिक अभियन्ता, प्रबुद्ध वर्ग त्यो हो जसले प्रचलित ज्ञानको आलोचना गर्छ, चेन्ज गर्न मन गर्छ, अभियान चलाउँछ, चेन्ज फर बेटरमेन्ट हुन्छ, विद्यमानभन्दा वस्र्ट हुँदैन । तर, देश अतीतभन्दा वस्र्टतिर गइरहेको छ, बौद्धिक व्यक्तिहरूको देशमा खोजी छैन, चौथो अंग भनिएको प्रेसको विचारलाई पनि दलकै भागबन्डाले हेरिन्छ, ठीक बेठीक छुु्ट्याउनै सकिएको छैन, नागरिक आवाज देशमा बुलन्द भएन ।
बेतनधारीहरू नुनको सोझो गर्न थाले, तटस्थ रहन सकेनन् दबाब र प्रभावमा परे । देशमा अनगिन्ती समस्याहरू छन्, समस्यास“ग जुध्न सक्ने उच्च मनोबल र दक्ष कर्मचारी संयन्त्रको तय हुन सकेन, स्थायी सरकार भनिएको निजामती प्रशासन नै निकम्मा भयो, संघीयता लादिएको वर्षाैंसम्म संघीय निजामती सेवा ऐन ल्याउन पहल गरिएन, शिक्षा र अन्य सेवा पनि कामचलाउ मात्रै छ । सडक सुरक्षा योजना लागू भयो तर सडकमा दुर्घटना बढेको छ, प्राकृतिक प्रकोपमा लड्न सक्ने चुस्त संयन्त्र छैन, बरु सुनको थालीमा अजरबैजानमा गएर भिक्षा माग्न माहिर छौं हामी ।
देशमा यति ठूलो ऋण छ कि नेताहरूले तिर्नुपर्ने हो भने देशै छाडेर भाग्नुपर्ने बेला भइसकेको छ । आक्कलझुक्कल काठमाडौंमा मेलम्ची आउँछ, धरहरा खुलेको २ महिना नबित्दै लिप्mटले काम गरेन, अनिश्चितकालीन बन्द भएको छ, अन्य पूर्वाधारहरू कहिल्यै समयमा पूरा भएनन्, तोकिएको लागतमा पनि । नारायणगढ–बुटवलको सडकले वर्षौं तमासा बोकेको छ । ७ मंसिरमा देशमै हलचल ल्याउने भन्दै उफ्रिएकाहरू नियन्त्रणमा परेका छन् । सत्ता पक्ष सडकमा आउने, संसद् पनि तताउने गम्भीर खालको प्रजातन्त्र छ हामीसँग । बैंकहरूमा अधिक तरलता छ, लगानीकर्ताहरू उत्साहित छैनन्, बैंकमा बचतकर्ताहरूलाई ब्याजमा ठहरै पारिएको छ र अधिक रकमकै कारण हप्तैपिच्छे राष्ट्र बैंकले खर्ब, खर्ब रकम तान्दै छ । सरकार राष्ट्र बैंकमा थुप्रिएको पैसाले मख्ख छ, विप्रेषण रकममा भारी वृद्धि भएको छ । लोकतन्त्रले देशमा युवा र सशक्त जनशक्ति राख्नै सकेन, बाढीपहिरोको उच्च जोखिम दसैं–तिहार भनिरहँदा पनि गत असोजको युवा निर्यात र विप्रेणष धेरै मोटो छ । भर्खरै सकिएको आर्थिक वर्षको पहिलो चौमासिकमा ४ खर्ब ७ अर्ब रकम विप्रेषण भित्रिएको छ ।
देशमा यति ठूलो ऋण छ कि नेताले तिर्नुपर्ने हो भने देशै छाडेर भाग्नुपर्ने बेला भइसकेको छ । २०५२ सालको चुनावी एजेन्डामा नेताहरूले रासायनिक मल स्वदेशमै खोल्ने भने तर अहिलेसम्म छैन प्रगति
युवा बिक्री भएको रकम रेमिट्यान्सले देशमा पुँजी निर्माण होइन, उपभोगमा खर्च भएको र जीडीपीको २५ प्रतिशत बढी पुगेको छ यस्तो रकम । देशमा उद्योगधन्दा छैनन्, निजीकरणमा जान बाँकी केही उद्योगहरू पनि निजीतिरै जान लागेका छन् । उद्योगधन्दा चलाएर यहाँको स्वदेशी विद्युत् खपत बढाउनुपर्नेमा तेस्रो देशलाई ४० मेगावाट बिजुली बेच्न पाएकोमा गौरव गर्ने नेतृत्व छ देशमा । एसियाको इतिहासमा पहिले नै जलविद्युत् योजनाबाट सवा सय वर्षअघि उत्पादन सुरु भएको देशमा आधाआधी निजी क्षेत्रको लगानी हुँदा २९ सय मेगावाट बिजुली उत्पादन गरेकोमा गौरव गर्छ हाम्रो नेतृत्व र संसारमै बढी पानी भएको देशमा संसारकै महँगो दरको बिजुली हाम्रा उपभोक्ताहरूले प्रयोग गरेका छन्, वैकल्पिक प्रयोग सवारीसाधन र अन्यमा प्रयोग हुने इन्धन आयात तीव्र बढेको छ र त्यसको भन्सार असुलीबाट हाम्रो नेतृत्व मोटो कम पाउँदा खुसी व्यक्त गर्छ ।
प्रदूषण नियन्त्रणका नाममा अनकौं करहरू छन्, हरित कर अहिले थपिएको छ तर स्वच्छ वायु नेपालीले सास फेर्न पाएका छैनन् । विकास निर्माणको काम कम हुँदा आयात निर्यात घटेको छ तर विप्रेषण गत वर्षभन्दा १२ प्रतिशतले बढेको छ । आवको तीन महिनाम २२ अर्ब १५ करोड ७० लाखको डिजेल आयात भएको छ, १६ अर्ब ६२ करोड ८२ लाखको पेट्रोल, १४ अर्ब ६ करोड ४४ लाखको एलपी ग्यास आयात भएको छ, निर्यात हेर्दा पहिलो भएको गलैंचा २ अर्ब ८५ करोड ३९ लाखको, चिया १ अर्ब ७२ करोड ८७ लाखको, धागो १ अर्ब २८ करोड ५३ लाखको, अलैंची १ अर्ब २६ करोड २१ लाखको भएको देखिन्छ ।
आप्mनो जात–भात मिलेन भने अन्य शक्तिलाई गिद्दे आँखाले हेर्ने गरिएको छ, स्वतन्त्र लौरोलाई परचक्रीको व्यवहार हुँदै छ, गौशालामा बालेनको डोजर प्रहरी नियन्त्रणमा पर्ने, गुठी हकभोग लाग्दैन धर्मशालाको भनेर अदालतले बोल्नुपर्ने भएको छ । कमलादीको भ्वाङ बल्ल टाल्न लागिएको छ, धरहराको पार्किङ र न्युरोडको फुटपाथले देशैभरि तहल्का ल्याएको छ । कुलमानहरू मानसिक पीडामा छन्, हर्क, बालेन, हमालहरू पनि र उही थालमा खाने प्रसाईंहरू बिच्किएका छन् । प्रकृति संरक्षणमा चासो नगएको बन्यजन्तु घट्दै आएका र नारायणीले १३ वटा दुर्लभ गैँडा बगाएको खबर आएको छ, मान्छे काठमाडौंमै बगेका हुन् ।
मान्छे बच्नु भनेको भाग्यको खेल हुन थालेको छ, संयन्त्रले बचाउ गरेकोे देखिएन, असौज र कात्तिकको मृत्युको घटना र धनको क्षतिको विवरण लिएर बसेको छ लोकतन्त्रले । जनता असुरक्षित र नेता सुरक्षित हुने लोकतन्त्र बोकेको छ हाम्रो देशले । सरकारले नयाँ सहर बनाउने घोषणा गरेको ११ वर्ष पूूरा भयो, हालसम्म योजना अलपत्र छ, बजेट जम्मा दुई प्रतिशत राखियो रे । साँफेदेखि पाँचथरसम्म नयाँ सहर निर्माण गर्ने योजना आव ०६७।०६८ सालदेखिकै हो, पर्याप्त अध्ययनबिना कर कलेक्सन गर्न र राजनीतिक रोजगारी दिन झाडी, वन, बुटेन र पूर्वाधारको कुनै हिसाब नगरी नेतृत्वले गाउँलाई सहर बनायो, खेतबारीमा डोजर कुदे, अवैज्ञानिक बस्ती र भीरपहिरोमा कुदेका डोजर र ट्याक्टरहरूकै कारण हाम्रो देश गलेको हो, बगेको हो, उत्पादन गर्ने खेतबारीहरूमा बिचौलियाहरूको प्लटिङ रजगज छ, तमाम किसानहरूको धोती खुस्किसकेको छ र ५२ सालको चुनावी एजेन्डामा नेताहरूले रासायनिक मल स्वदेशमै खोल्ने भने तर अहिलेसम्म छैन प्रगति । यस्तो उधारो एजेन्डा अरू धेरै छन्, ग्यासपाइप लाइन, मेट्रो र मोनोरेल होइन एउटा टेम्पो बा माइक्रो राम्ररी गन्तव्यमा पुग्न सकेका छैन । दसैं–तिहारमा गाउँ जान–आउन कति बाधा, असहज भयो त्यो भोग्नेलाई थाहा होला, सरकारी भेहिकल सुतेर बसे बिदा भनेर नजिकबाट अभावमा खाद्यान्न, तरकारी, फलपूmल ढुवानी गराएर महँगी नियन्त्रण गर्न सरकारले चाहेन र यात्रु ओसारपसार गर्न सकिन्थ्यो ठूला चाडबाडमा सरकारी गाडी तर तिनको बिदामा सदुपयोग भएन ।
यति हुँदा पनि नेता र नेतृत्वलाई धन्यवाद दिएर बस्नुपरेको छ, उहिल्यै भनेका थिए विद्वान्हरूले कि स्टेट्स इज ए नेसेसरी एभिल । चीन, भारत, मलेसिया, सिंगापुर, जापानजस्ता देशहरूमा स्टेट्सम्यान छन् भने हामीसँग नपाउँदा के नै दुःख प्रस्तुत गर्नु र खोइ ?
The post देशमा नेता कि राजनेता ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/104313/