नतिजा आएको सात वर्षपछि त्रिविका कर्मचारीको परिक्षफल रद्द

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट प्रशासनिक तथा प्राविधिक कर्मचारी छनोटका लागि परीक्षा सञ्चालन गरेर सार्वजनिकसमेत गरिसकेको नतिजा सात वर्षपछि रद्द गरेको छ । त्रिवि सेवा आयोगको कार्यालयले २०७३ फागुन १८ गते खुला तथा समावेशी समूहमा समेत गरेर १ सय ५२ कोटामा विज्ञापन आह्वान गरेको थियो । विज्ञापन अनुसार परीक्षा दिएर नतिजासमेत सार्वजनिक भए पनि उत्तीर्ण हुनेले नियुक्तिपत्र पाएका थिएनन् । नतिजा सार्वजनिक गर्ने क्रममा अनियमितता भएको दाबीसहित उच्च अदालत पाटनमा मुद्दा परेपछि लिखित परीक्षा तथा अन्तर्वार्ता...

Source : https://ujyaaloonline.com/story/109272/2024/11/26/tu-employee-exam-results-canceled-7-years-