निर्मला कुर्मी प्रकरण : अधिकारकर्मी रुबी खानसँग तीन बुँदे सहमति
काठमाण्डौ – नेपालगन्जकी निर्मला कुर्मी प्रकरणमा अधिकारकर्मी रुबी खानसँग सरकारले तीन बुँदे सहमति गरेको छ । कुर्मीसँग जोडिएको मुद्दा तत्काल अदालतमा दर्ता गराउनुपर्ने मागसहित ८२ दिनदेखि आन्दोलनरत अधिकारकर्मी रुबी खान नेतृत्वको समूह र सरकारबीच हिजो तीनबुँदे सहमति भएको हो । निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरी अनुसन्धानका लागि गृह मन्त्रालय र आन्दोलनरत पक्षबीच गएको असार १० मा भएको सहमतिअनुसार निरूपण गर्न नेपाल प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय बाँकेलाई लेखि पठाउने सहमतिमा उल्...
Source : https://ujyaaloonline.com/story/108313/2024/10/30/nirmala-kurmi-case-three-point-agreement-with-rubi