नेपाललाई हराउँदै बंगलादेशले उचाल्यो दोस्रोपटक साफ च्याम्पियनसिपको उपाधि
साफ महिला च्याम्पियनसिपको उपाधि साविक बिजेता बंगलादेशले जितेको छ । बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाललाई २-१ गोलले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो ।
योसँगै सेमिफाइनलमा भारतलाई हराउँदै फाइनल प्रवेश गरेको नेपालका लागि इतिहास लेख्ने मौका गुमेको छ । अघिल्लो संस्करणमा भएको साफको फाइनलमा नेपाल बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित हुँदै पाचौँ पटक उपविजेता बनेको थियो ।
दोस्रो पटक फाइनल पुगेको बंगलादेश भने त्यतिबेला पहिलो पटक च्याम्पियन बनेको थियो।
The post नेपाललाई हराउँदै बंगलादेशले उचाल्यो दोस्रोपटक साफ च्याम्पियनसिपको उपाधि appeared first on Samudrapari.