नेपाली टोलीलाई काठमाण्डौ महानगरद्वारा राति नै नगदसहित सम्मान
काठमाण्डौ – साफ महिला च्याम्पियनसिप २०२४ मा उपविजेता बनेको नेपाली महिला टोलीलाई काठमाण्डौ महानगरपालिकाले गए राति नै नगद पुरस्कारसहित सम्मान गरेको छ । महानगरले टोलीका हरेक खेलाडीलाई जनही एक लाख रुपैयाँ, प्रशिक्षक, टिम ब्यवस्थापक, फिजियोलगायतलाई गरी कूल २७ लाख ५० हजार रुपैयाँ पुरस्कारबाट सम्मान गरेको हो । खेलाडीलाई उनीहरु बसेको होटल सोल्टीमै पुगेर महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डङ्गोलले नगद पुरस्कार र सम्मान पत्रबाट सम्मान गर्नुभयो । राति खेल सकेर होटल पुग्नासाथ खेलाडी महानगरको सम्मानमा ...
Source : https://ujyaaloonline.com/story/108345/2024/10/31/honored-cash-ktm-metro-nepal-women-football-team