पाकिस्तानमा पोलियो खोपका लागि यो वर्ष तेस्रो अभियान शुरू

पाकिस्तानमा लाखौँ बालबालिकालाई पोलियोबाट बचाउन राष्ट्रव्यापी अभियान शुरू भएको छ । देशभरका चार करोड ५० लाखभन्दा बढी बालबालिकामा पुग्ने लक्ष्यका साथ अस्ति सोमवारदेखि शुरू भएको अभियान नोभेम्बर तीनसम्म चल्ने पाकिस्तानको राष्ट्रिय स्वास्थ्य संस्थानले जनाएको छ । यो वर्ष पाकिस्तानको पोलियोसम्बन्धी तेस्रो राष्ट्रव्यापी अभियान हो । सन् २०२४ को १० महिनामा अहिलेसम्म ४१ जना पोलियो सङ्क्रमणका बिरामी फेला परेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । स्वास्थ्य अधिकारीहरूले अभिभावकलाई खोपमार्फत आफ्ना बालबालिकालाई सुरक्षित राख्नुपर्ने भन्दै...

Source : https://ujyaaloonline.com/story/108310/2024/10/30/third-campaign-for-polio-vaccine-launched-in-pakis