पाठक पत्र : अब देश कता जाने र परिणाम के हुने हो ?

नेपालमा अहिले यति कोलाहल छ कि देशको प्रधानमन्त्री कस्तो र कसको ? यी दुई जटिल प्रश्नहरु उठिरहेका छन् । यी सब किन भए ? थोरै भन्दा थोरैलाई थाह छ, धेरै भन्दा धेरैलाई थाहा छैन।

दुई शक्ति एकातिर राज्य सत्ताको अधिकार लिएर, अरु सारा अर्कोतिर अधिकारविहीन भएर उत्रिएका छन्। खेल त गजबको भैसकेको छ । यो युद्ध कसरी केमा परिणत हुन्छ ? थाहा छैन। यसमा जहाँसम्म परिणाम निस्कने कुरा छ, त्यो लाभदायक अवश्य हुने संकेत देखिँदैन। जनताले स्वाभिमान बचाउनुपर्ने विकराल समय आइसकेको छ र फेरि जो सत्तासिन छन् ती आफैँ र आफूद्वारा आफूले बनाएका मानिसहरुबाट हठपूर्ण तर्कबाट र मिलाइने सेटिङबाट आफ्ना विपरीत विचारमा जानेहरुलाई बलपूर्वक दबाउन लागेका प्रस्ट देखिँदै आएको छ।

सबैभन्दा ठूलो कुरा त ह्युमन राइट नै तहसनहस पार्ने खालका कामहरु हुन खोजिरहेका छन् । यसमा अब मानवाधिकारमा काम गर्नेहरुको औकात र उनीहरुको जिम्मेवारी अनि अस्तित्वको गहन प्रश्न पनि उठ्न सक्ने सम्भावना छ ।

कानुनको दुरुपयोग, गलत मनसायले प्रेरित भएर गरिएको काम कारबाहीबाट जनता क्षुब्ध हुने र अन्तर्राष्ट्रिय स्तरमा ध्यान आकर्षित गर्नेछन् । भ्रष्टाचारको परिभाषामा शक्तिको दुरुपयोग पनि पर्छ भन्ने बुझिराखौँ । हेरौँ अब देश कता जानेछ, के–के परिणाम ल्याउनेछ ?
– यज्ञबहादुर कार्की
सूर्यविनायक–७, गुण्डु, भक्तपुर ।

Source : https://newsofnepal.com/2024/11/28/680399/