पूर्व सभामुख महराका छोरा राहुल १४ महिनामा थुना मुक्त

काठमाडौँ ।

 सुन तस्करी प्रकरणमा दोषी ठहर भएका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा थुनामुक्त भएका छन् । 

राहुल १४ महिना कैद भुक्तान गरेर थुनामुक्त भएका हुन् । गत २०८० भदौमा पक्राउ परेका महरालाई काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गर्दै १४ महिना कैद सजाय सुनाएको थियो । 

गत २०७९ मा दुबईबाट भेपमा लुकाएर भएको सुन तस्करीमा उनको संलग्नता पुष्टि भएको थियो ।

Source : https://newsofnepal.com/2024/10/31/676235/