पोर्चुगल पठाउने भन्दै साढे तीन लाख बढी ठग्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नं. ५ कट्टुन्जे बस्ने ३३ वर्षीय देबकी भुजु रहेका छन् ।

उनले एक जनालाई आकर्षक तलबको प्रलोभनमा पारेर पोर्चुगल पठाईदिने भन्दै ३ लाख ५६ हजार ५ सय रुपैयाँ ठगी गरेका थिए । उनीविरुद्ध विदेश पठाउने भन्दै रकम लिए पश्चात विदेश नपठाई फरार भएको जाहेर परेको थियो ।

पीडितले दिएको सोहि जाहेरीका आधारमा अनुसन्धान गर्ने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई कार्तिक २ गते टेकुबाट पक्राउ गरेको हो । हाल भुजुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

Source : https://arthasarokar.com/2024/10/pakrau-285.html